केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना त्रासदी

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय: कोरोना महामारीले सर्वत्र जनजीवन भयभित बनाइरहेको छ । दैनिक नेपालमै हजारौंको संख्यामा संक्रमित भइरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । लक्षण भएका बिरामीको नमुना परीक्षणबाट पनि यतिको ठुलो संख्यामा कोरोना संक्रमित हुनु निकै जोखिमको कुरा हो । यसले समुदायमा कोरोना संक्रमणको संख्या भयावह हुदैछ भन्ने संकेत गर्छ ।

अघिल्लो वर्ष कोेरोना परीक्षण गर्न समेत डराउने समुदायमा अहिले कोरोना भाइरसको परीक्षण गर्न तयार ठुलो संख्या छ । तर, कतिपय अवस्थामा कोरोना पुष्टि नभए पनि बिरामी भइराख्ने र समुदायमा संक्रमण फैलिने जोखिम झन बढेको छ ।

कोरोना भाइरस (कोभिड १९) को भयावह अहिले शहर हुँदै गाउँ गाउँ सम्म पुगेको छ । कोरोना संक्रमणको दोस्रो लहर नयाँ भेरियन्ट सहित आउँदै गर्दा भारत लगायतका देशका बिभिन्न शहरबाट घर फर्कने संख्या उल्लेख्य रह्यो । उनीहरु यात्राकै क्रममा पनि संक्रमित बने । घर गाउँ आए र संक्रमण दर बढाउन झन सहयोगी बने । यो मात्रा अहिले बढेर जिल्ला जिल्लाका प्रायजसो गाउँमा लक्षण सहितका बिरामी पर्न थालेका छन् ।

त्यसो त गाउँमा कोरोना संक्रमणको दर बढ्दो छ तर अझै लुकाएर बसिरहने जमात ठुलो छ । अर्को तर्फ गाउँमा चेक गराए कोरोना देखिन्छ, उपचार पाइदैन, नगराउने आफै ठिक हुन्छ भन्ने संख्या पनि उत्तिकै मात्रामा रहेका छन्। गाउँमा सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड पालनाको अभाव छ । यसको सचेतना, कडाईमा अनुगमनमा स्थानीय अगुवाकै परिचालन जरुरी छ । अझ गम्भिरताका साथ स्थानीय सरकारले संक्रमित र सम्भावित जोखिममा भएकाहरुको हकमा परीक्षण र उपचारको दायरा बढाउन अपरिहार्य छ ।

त्यसैले अझ गम्भिरताका साथ स्थानीय सरकारले कोरोनाको बढ्दो जोखिमको समयमै पहिचान गर्ने, रोकथाम नियन्त्रण गर्ने, संक्रमित र सम्भावित जोखिममा भएकाहरुको हकमा परीक्षण र उपचारको दायरा बढाउन अपरिहार्य छ । नत्र यसले महा मानवविनाशको रुप लिनेमा दुईमत छैन ।

प्रकाशित : 22 May, 2021

प्रतिक्रिया दिनुहोस्