केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौँमा रोकिएको खोप अभियान आज पुन: शुरू हुँदै

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, काठमाडौँ महानगरपालिकाले खोप अभावका कारण स्थगित खोप अभियान आज पुन: सञ्चालन गर्दैछ ।

जेष्ठ नागरिक र अग्रपंतिमा खटिने स्वास्थ्यकर्मीलगायतका लागि खोप अभियान सञ्चालन भएकोमा खोप अभाव भएपछि निर्धारित मिति भन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । २५ जेठदेखि ५ दिनका लागि खोप अभियान शुरू भएको थियो ।

सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी अस्पतालमा जेठ ३१ (आज) र असार १ गते (भोलि) खोप लगाइने कार्यक्रम रहेको उहाँले जानकारी दिए ।

महानगरले आइतबार जारी गरेको सूचना अनुसार पहिलो डोज लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नागरिक, यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्ति, स्वास्थ्यकर्मी, कोभिड–१९ बिरामीको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्सिङ र प्यारामेडिक्स विद्यार्थी स्वास्थ्यकर्मीलाई खोप लगाउन अनुरोध गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित : 14 June, 2021

प्रतिक्रिया दिनुहोस्