केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यसरी राख्नुहोस् घरेलु उपायबाट आफ्नो जिब्रो सफा

सहयात्रा टिभी

काठमाडौं । असार ४, दैनिक रुपमा दाँत माझे पनि औसत मानिसहरुले जिब्रोको हेरचाह गरिरहेको पाइदैँन । तर, जिब्रोको सरसफाइमा ध्यान पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जिब्रोमा भएको सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । यसका साथै स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्न पनि यसको सफाइमा ध्यान दिनु आवश्यक हुन्छ । घरेलु रुपमा जिब्रोको सफाई यसरी गर्न सकिन्छ ।

नरिवलको तेल- बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ र श्वास गनाउने समस्या पनि हटेर जान्छ ।

घ्यूकुमारीको जुस- घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

बेसार- बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल गर्नाले पनि जिब्रो सफा हुन्छ ।

टङ क्लिनर- बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

नुन- जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

नुनपानी- मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छन् ।

दही- खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ ।

प्रकाशित : 18 June, 2021

प्रतिक्रिया दिनुहोस्