केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जंक फुड बालबालिकाका लागी ‘स्लो पोइजन’ जस्तै

सहयात्रा टिभी

काठमाडौं । असार ४, सन् २०१६ मा युनिर्भसिटी अफ जुरिकका वैज्ञानिकहरूले गरेका एक अनुसन्धाना एउटा सानो उमेरको मुसालाई उच्च मात्रामा फ्याट भएको जंक फुड अर्थात् पत्रु खाना खुवाइयो।

लगातार चार हप्तासम्म मुसालाई खुवाइएको जंक फुडले उसको मस्तिष्कका तन्तुहरू काम नगर्ने बन्‍न पुग्यो। पछि मुसाको व्यवहार र निर्णय लिने क्षमता पूर्णरूपमा कमजोर भयो।वैज्ञानिकले सानो मुसासँगै उमेर पुगेको जवान मुसालाई पनि उस्तै फ्याट धेरै भएको जंक फुड खुवाएका थिए। सानो मुसाको तुलनामा जवान मुसामा खासै असर देखिएन।

बालबालिकाका लागि ‘स्लो पोइजन’ जस्तै पोषणविद्‍ समेत रहेकी डा. पुनम कार्की बालबालिकाका लागि जंक या फास्ट फुड ‘स्लो पोइजन’ (मन्द विष) जस्तै भएको बताउँछिन्।

यस्ता खानेकुरामा प्रशस्त मात्रामा फ्याट, सुगर र साल्ट (चिल्लो, चिनी र नून) हुन्छ। तर, मानिसका लागि चाहिने फाइबर, प्रोटिन, भिटामिन र मिनरलजस्ता पोषक तत्व पाइँदैन।

यस्ता खानेकुराले हानी गर्छ भन्‍ने बुझेका मानिसलाई समेत जंक फुडको लत लाग्ने उनको भनाइ छ। यदि कुनै बच्चा जंक फुडमात्रै खान खोज्छ अथवा यस्ता खानेकुराको लत उसमा बसिसकेको छ भने उसको शरीरमा तत्काल देखिने असर र दीर्घकालीन असरहरू पर्नसक्छ।

जकं फुड धेरै मात्रामा खानाले सानैदेखि कव्जियतको समस्या हुनसक्छ। यो बढ्दै गएर पछि पायल्स या फिस्टुला लगायतका दीर्घकालीन समस्या देखिनसक्छ। यस्ता खानेकुराले लामो समयपछि देखिने समस्यालाई बढावा दिन्छ। जस्तैः मुटुरोग, डाइबिटिज, मिर्गौलामा आउने समस्या आदि। किनभने, जब बालबालिकाले अधिक मात्रामा जंक फुड खान थाल्छन् उनीहरूको शरीरमा परिवर्तन सुरू हुन्छ।

 

प्रकाशित : 18 June, 2021

प्रतिक्रिया दिनुहोस्