केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजारमा आज भारी गिरावट

सहयात्रा टिभी

काठमाडौं । असार ६, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज आइतबार ६३ दशमलब ११ अंकको गिरावट आएको छ ।

यससंगै नेप्से २ हजार ९ सय ५ दशमलब ३२ विन्दुमा थामिएको छ भने आज ११ अर्ब ८१ करोड ९४ लाख बराबरको कारोबार भएको हो ।

आज ५ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । जसमा गुराँस फाइनान्स लिमिटेड, नारायणी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रोपावर लिमिटेड, रु रु जलविद्युत परियोजना र तारागाउँ रिजेन्सी लिमिटेड रहेका छन् ।

आज १७५ वटा कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

 

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्