केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौंमा अवस्थित पशुपति क्षेत्रभित्रका सम्पदा पुनर्निर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन

सहयात्रा टिभी

काठमाडौं । असार ६, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनः निर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन्।

उनले भ्रष्टाचार हुन नदिनका निम्ति सजग पनि गराए। उनले भने, ‘पारदर्शी गरिदिनुहोला। म व्यक्तिगत भ्रष्टाचारको विरुद्धको आन्दोलनले आज मन्त्रीसम्म पुगेको छु। मेरो एउटै उद्धेश्य हुन्छ, न खान्छु न खान दिन्छु कसैलाई। त्यतातिर एकदम पारदर्शी रुपले गर्नुहोला। नत्र जतिबेला पनि म आफैँ आएर हेर्नसक्छु। चेक गर्न सक्छु। त्यतातिर पनि म अहिले नै सतर्क र सजग गराउन चाहान्छु।’

मन्दिर पुन स् निर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध जनाइरहेको सन्दर्भमा मन्त्री अरगरीयाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताए।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको जनाए। उनले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरे।

पशुपति क्षेत्र विकास कोषले दाताहरूको सहयोगमा पशुपति क्षेत्रभित्र राममन्दिर को निर्माण गर्न लागेको सदस्य सचिव ढकालले जनाए।

 

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्