केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वमै प्रख्यात हुँदै मिथिलाको गोदना (ट्याटु) (फोटो फिचर)

सहयात्रा टिभी

जनकपुर । असार ६, मध्यकालमा महिलाहरूप्रति बढ्दै गएको हिंसाबाट बच्न सौन्दर्य बढाउने खालका नभई कुरूप बनाउने शृंगारका रूपमा प्रचलित गोदनाको अचेल सौन्दर्यताको लागि प्रयोग गर्दै व्यावसायिक माग बढेको पाइन्छ।

गोदनामा छालामा छिद्र जस्तो पारेर नीर वा कोइला हालेको पानीमा डुबाइएको सियोले खोपेर शरीरमा शृंगारका निमित्त विभिन्न चित्र, नाम र बुट्टा बनाउने गरिन्छ।

गोदनाको प्रसंगमा मिथिलामा अनेक अवधारणाहरू पाइन्छ। कामुक राजाबाट बच्नका लागि गोदनाको सुरुवात भएको समेत बताइन्छ।

इतिहासकारहरूका अनुसार तत्कालीन राजाहरूबाट आफ्ना छोरी, बुहारीलाई बचाउनको लागि यस परम्पराको सुरुवात गरिएको हो।

कथित तल्लो जातका सुन्दर महिला तथा युवतीहरूलाई कथित उपल्लो जातका जमिन्दार वा ठूलाबडाहरूले यौनहिंसा गर्ने गरेपछि सुन्दर महिला तथा युवतीहरूलाई कुरुप बनाउन यसको चलन चलाइएको बताइन्छ।

गोदना स्मृतिका लागि पनि गरिने परम्परा रहेको छ। आफनो प्रिय व्यक्तिको रूपमा गोदना गर्ने परम्परा पनि देखिन्छ। त्यस्तै, धार्मिक व्यक्तिहरूले समेत आफ्ना पूजनीय देवताहरू राम, कृष्णा, हनुमान, दुर्गाका आकार तथा भक्तिपद गोदनाद्वारा अंगमा अंकित गराएको पाइन्छ।

 

 

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्