केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लुम्बिनी प्रदेशमा आईपी टिभी सेवा शुरुः नेपाल टेलिकम

सहयात्रा टिभी

काठमाडौं । असार ६, नेपाल टेलिकमको आईपी टिभी सेवा शुरु भएको छ ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज आइतबार देखि एफटीटीएच मार्फत आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।

एनटी टिभी ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।

टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् ट्रिपल प्ले को अवधारणा कार्यान्वयनमा आउने प्रवक्ता राजेश जोशीले बताए ।

हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा एनटी टिभी सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ ।

 

प्रकाशित : 20 June, 2021

प्रतिक्रिया दिनुहोस्