केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पाँच लाख बढि

सहयात्रा टिभी

काठमाडौं । असार ७, ब्राजिलमा कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ ।

यहाँ सन् २०२० फेब्रुअरी २६ बाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।

गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ ।

यो संख्यासँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् ।

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्