केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कोरोना संक्रमणबाट दुईजनाको मृत्यु

सहयात्रा टिभी

झापा । असार ७, कोरोना संक्रमणबाट झापामा दुईको मृत्यु भएको छ ।

झापा–४ की ४१ वर्षीया महिलालाई अचानक श्वासप्रश्वासको समस्या भएपछि गत जेठ २७ गते बिर्तामोडस्थित बिर्तासिटी हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । हस्पिटलको सघन उपचार कक्षमा उपचार गराइरहँदा स्वास्थ्यमा सुधार नआएपछि आफन्तले आइतबार बिरामीलाई घर ल्याएका हुन् ।

घरमा फेरि श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि दमकको लाईफलाईन हस्पिटल लैजाने क्रममा राति १०ः०० बजे मृत्यु भएको परिवारले जनाएको छ ।

त्यस्तै शिवसताक्षी वडा नं १० का कोरोनाबाट नै ६१ वर्षीय टङ्क विमलीकोे पनि आइतबारै उपचारका क्रममा विर्तासटी अस्पतालमा मृत्यु भएको हो ।

 

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्