केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धेरै गुलियो खाने बानी छ भने आजै खान छाड्नोस्

सहयात्रा टिभी

काठमाडौं । असार ७, आज हामी अत्याधिक गुलियो खाँदा हुने हानीबारे चर्चा गर्दैछौँ ।

१. लगातार अत्याधिक गुलियो परीकार खाए थकान महसुस हुन्छ । यस्तो भए शरीरमा ब्लड सुगरको मात्रा बढेको हुन सक्छ ।

२. जति धेरै गुलियो खाइन्छ, त्यति खाने चाहना बढ्दै जाँदा सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्ने गर्दछ । साथै शरीर र मष्तिक बोधो हुँदै जान्छ ।

३. अत्याधिक गुलियो खाँदा छाला सुक्खा हुन्छ ।

४. धेरै गुलियो खानेकुराले मुड निराश र चिन्तित हुने गर्दछ । अझ कतिपय अवस्थामा गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ ।

५. गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाउने भएकाले दीर्घ रोग र बारम्बार रूघा लाग्ने सम्भावना बढाउँछ । चिनी वा गुलियो धेरै भएको खानाले खोकीसमेत लाग्न सक्छ ।

६. नियमित गुलियो खाँदै गर्दा अस्वाभाविक रूपमा तौल बढ्ने गर्दछ । गुलियोले आमाशयमा समेत असर गरी तौल घट्नबाट रोक्छ ।

 

 

 

प्रकाशित : 21 June, 2021

प्रतिक्रिया दिनुहोस्