केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अहिलेसम्मको जिवित सबैभन्दा जेठो जीव, १९० बर्षको कछुवा

सहयात्रा टिभी

काठमाडौं । असार २९, बिहान उठ्नासाथ कछुवा देख्न पाईयो भने त्यो दिन पूर्ण रुपमा सफल हुन्छ भन्ने विश्वास रहेको छ ।

सन् १९३२ मा जन्मेको तस्बीरमा देख्नुभएको यो कछुवा हाल१ सय ९० बर्षको भयो । तत्कालिन रानी भिक्टोरियाको राज्याभिषेकको ठिक ५ बर्ष अगाडी जन्मिएको कछुवाको नाम हो जोनाथन टोर्टोइज ।

प्रकृतिको सर्वाधिक पुरानो जीवधारी कछुवा सरिसृप वर्गमा सर्वाधिक बुद्धिमान प्राणी पनि मानिन्छ। उभयचर प्राणीमा पर्ने कछुवा निकै लामो समय सम्म बाँच्ने प्राणी हो।

त्यस्तै कछुवाको प्रकार तथा पाइने स्थान कैयौँ देश र द्वीपमा कछुवा पाइन्छ। ती मध्ये कतिपयमा विशेष किसिमको रङ्ग, खुवी, विशेषता र गन्ध हुने गरेको पनि पाइएको छ। अमेरिकामा एउटा यस्तो किसिमको कछुवा पाइन्छ जसलाई दुर्गन्धको भाँडो नै भनिन्छ।

कछुवाको दाँत हुँदैनन् तर यसको ओठ जस्तो चुचोको भित्री भागमा आरो जस्तो दाना हुने गर्दछ जसले गर्दा समुद्रमा पाइने एक किसिमको घडियाली कछुवा निकै घातक हुने गर्दछन्। यसैगरी अर्को एक विशेष प्रजातिको कछुवा अफ्रिकी मुलुकमा पाइन्छ।

संसारमा निकै प्रजातिका कछुवा पाइन्छन्। तथापि प्राणीशास्त्रीहरूले यिनीहरूलाई मुख्यतः तीन भागमा बाँडेर अध्यायन गर्ने प्रयास गरेका छन्। यसमध्ये पहिलोमा समुद्री (टर्टल) कछुवा पर्छ भने दोस्रोमा मीठो पानीमा पाइने कछुवा (टेरापिन) र तेस्रो जमीनमा पाइने कछुवा (टारटायस) पर्दछ। कछुवाको शरीरको बाहिरी भाग निकै कडा हुन्छ।

 

प्रकाशित : 13 July, 2021

प्रतिक्रिया दिनुहोस्