केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१४ खेलाडी राष्ट्रिय टोलीको क्लोज क्याम्पबाट बाहिर

सहयात्रा टिभी

इलाम । असार ३०, नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सेप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि प्रारम्भिक टोलीको संख्या घटाएसँगै क्लोज क्याम्पबाट १४ जना खेलाडी बाहिरिएका छन्।

अल्मुताइरीको सूचीमा पाँचजना गोलरक्षक रहेका छन्। विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ र दीप कार्की नियमित छन्।

पहिलो पटक राष्ट्रिय टोलीको क्याम्पमा स्थान बनाएका निरज बस्नेत, डोना थापा, गौरव बुढाथोकी, प्रिजेन तामाङ र सुदिल राई दोस्रो चरणमा स्थान बनाउन असफल रहे।

त्यसैगरी विश्वकप छनौटमा नेपाली टोलीमा स्थान बनाएका गोलरक्षक विशाल सुनारसँगै दर्शन गुरुङ, विवेक बस्नेत, मिक्छेन तामाङ, अमित तामाङ, निशान खड्का, रवि पासवान, सेसेहाङ आङ्दाम्बे र शिशिर लेखी समेत टोलीबाट बाहिरिएका छन्।

प्रकाशित : 14 July, 2021

प्रतिक्रिया दिनुहोस्