केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेसी बार्सिलोनामै बस्ने, ५० प्रतिशतले तलब कम हुने

सहयात्रा टिभी

काठमाडौं । असार ३१, लियोनल मेसीले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् ।

सो यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर मेसीले बार्सिलोनामा ५ सय ५० मिलियन युरो आम्दानी गरेका थिए ।

सम्झौता तयार भइसके तापनि त्यसमा हस्ताक्षर हुन भने बाँकी नैछ । बार्सिलोनाबाट प्रकाशित हुने पत्रिका एल ईस्र्पोटिऊका अनुसार बुधबार मेसी र बार्सिलोना सहमतिमा पुगेका छन् र यसबारे औपचारिक घोषणा चाडैं नै हुनेछ ।

नयाँ सिजन सुरु हुन लागेको अवस्थामा बार्सिलोना समर्थक र प्रशिक्षक रोनाल्ड कोम्यानका लागि यो समाचार निकै उत्साहप्रद रहेको छ । यो सम्झौताले पूर्णता पाउन केही दिन वा जुलाई महिनाको अन्त्यसम्म पनि लाग्नसक्नेछ । किनकी, मेसीलाई आबद्ध गर्नका लागि क्लबले अझै केही खेलाडीहरुलाई बेच्नुपर्नेछ ।

 

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्