केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेप्सेमा ९.१ अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । साउन ५, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से ९.१ अंकले घटेर दुई हजार नौँ सय ८५ दशमलब ५७ विन्दुमा थामिएको छ ।

त्यस्तैगरी आज कारोबारको रकममा पनि गिरावट आएको छ ।

सोमबार ११ अर्ब ८१ करोड ३७ लाख बराबरको कारोबार भएको आज ७ अर्ब ८९ करोड ७५ लाख बराबरको कारोबारमा सिमित भएको छ ।

आज नेप्सेमा लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने बरुण हाइड्रोपावर र माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, आज १२ प्रतिशत आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा गिरावट आएके छ । यसको शेयरमूल्य ६.१७ प्रतिशतले घटेको छ ।

प्रकाशित : 20 July, 2021

प्रतिक्रिया दिनुहोस्