केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज ३९ औं विपी स्मृति दिवस, शवयात्रामा यसरी उर्लिए जनसागर (भिडियो सहित)

सहयात्रा टिभी

काठमाडौं । साउन ६, नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस आज मनाईदैछ ।

विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृ संगठनले आज देशभर विभिन्न कार्यक्रम आयोजना गर्दैछन् ।

३९ वर्ष अघि आजकै दिनमा २०३९ साउन ६ गते कोइरालाको निधन भएको थियो । बिपी कोईरालाको शवयात्रा गरिएको थियो । उहाँको शवयात्रामा जनसागर नै उर्लिएको थियो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।

बिपीको स्मृति दिवसलाई स्मरण गर्दै टुईटर प्रयोगकर्ता सन्तोष खडेरीले बिपी प्रती श्रद्धासुमन व्यक्त गर्दै शवयात्राको भिडियो पोष्ट गर्नु भएको छ ।

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्