केपी ओली प्रचण्ड माधव नेपाल एमाले


५ किलो चाँदी सहित एक व्यक्ति पक्राउ

सहयात्रा टिभी

काठमाडौं । साउन ६, पर्सा प्रहरीले वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित सप्तरी राजविराज उपमहानगर–२ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्‍चालक ४३ वर्षीय अंगत साहलाई पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्‍याउँदै गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

अंगत साहलाई आवश्‍क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ ।

 

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्