केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफलः पाथीभरा माताको दर्शन गरी आफ्नो मनोङाक्ष पुरा गर्नुहोस् !

सहयात्रा टिभी

काठमाडौं । साउन ७,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । रमाइलो यात्राका विच नयाँ साथीसँगको भेटले मन हर्षित रहनेछ । धार्मिक काममा मन जानुको साथै अध्ययनमा प्रगति हुनेछ । सोचेको काम सजिलै पुरा होला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसरका लागी जोखिमपूर्ण काममा हात हाल्नु पर्ने हुन्छ । मेहनेत र साथीभाईको सहयोगबाट सोचेको काम भने पुरा गर्न सकिनेछ । दाम्पत्य जीवन सुखमय रहला । आर्थिक अभावले सताउन सक्छ । प्रेमसम्बन्धमा असमझदारी बढ्न सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
कडा मेहनेतले लक्ष्यसम्म पुग्न सफल भइनेछ । शुभचिन्तकहरुको साथ र सहयोग प्रशस्त पाइएला । अरुको काममा उपयोग भइनेछ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ । मित्रता र प्रेमसम्बन्ध मजबुत बन्दै जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनेतले गर्दा सोचेको काम पुरा हुनेछ । प्रतिष्ठित कामबाट मान सम्मान र इज्जतमा वृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकेपनि नतिजा सकारात्मक नै देखिनेछ । प्रेम सम्बन्धमा प्रगााढता थपिनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय अनुकुल बन्दै जानेछ । भौतिक साधनको अभावको समस्या समाधानु हुनेछ । आम्दानिमा वृद्धि हुनुको साथै आफ्ना आवश्यकताहरु सजिलै पुरा गर्न सकिने । प्रियजनसँगको भेटले दिन मनोरञ्जनात्मक रुपमा वित्ला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरु टाढा हुनाले दुख पाइएला । काममा केहि बाधा देखिए पनि कडा मेहनेतले काम सफल हुनेछ । लामो यात्रा गर्न पाइने अवसर जुट्नेछ । अध्ययनमा समय दिन नसकिएला । प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अरुको काममा उपयोग भइएला । सामाजिक काममा समय व्यतित गर्नुपर्दा व्यक्तिगत काममा ढिलाइ हुन सक्छ । धैर्यताको अभावमा बनेको काम पनि पुर्ण नहुन सक्छ । मान सम्मानमा वृद्धि हुने योग छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेम प्रस्ताव आउने सम्भावना प्रवल रहनुको साथै आफुले मन पराएको व्यक्तिसँग नजिक हुन सकिनेछ । वैदेशिक यात्राको लागि अनुकुल दिन परेको छ । प्रेम सम्बन्ध मजबुत हुनेछ । स्वास्थ्यको ख्याल गर्नुहोला ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक असमझदारीका कारण मनमा शान्ति नभए पनि साँझसम्ममा परिस्थिति अनुकुल बन्नेछ । दिदिबहिनीहरुबाट पाइने सहयोगले जीवनमा ठूलो परिवर्तन आउन सक्छ । प्रेमीप्रेमीका सँगको सम्बन्धन अझ प्रगाढ बन्दै जानेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
आफन्तहरुबाट टाढिनु पर्दा मनमा खिन्नता उत्पन्न हुन सक्छ । काममा जाँगर नलाग्नाले साचेको काम पुरा हुन कठिनाइ होला । व्यवसायका क्षेत्रबाट लामो यात्रा गर्नुपर्ने अवस्था आउनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
शुभचिन्तकहरुको साथ पाइनेछ । अध्ययनमा समय दिन सकिनेछ । सन्तानको प्रगतिको खबरले मनमा हर्ष बढाउनेछ । नयाँ सम्बन्ध जोडिनुको साथै जिम्मेवारीमा वृद्धि हुनेछ । सोचेको काम विनाबाधा पुरा गर्न सकिनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राम्रो कामले प्रतिष्ठामा वृद्धि गराउनेछ । सम्मान पाउनुका साथै वरिष्ठ व्यक्तिहरुद्धारा प्रशंसा सुन्न पाइएला । रमाइलो यात्राकाविचमा साथीहरुसँगको भेटले दिन मनोरञ्जनात्मक रहनेछ ।

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्