केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एउटा यस्तो ठाउँ जहाँ गुफाभित्रै झरना (फोटो फिचर)

सहयात्रा टिभी

तनहुँ । साउन ६, तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा यस्तै एउटा गुफा छ जहाँ देवदेवीका आकृति छन्।

सो गुफा भित्र सयौं चमेरा तथा झरना रहेको छ। सन् २००० मा पर्यटनविज्ञले गुफालाई ‘मिलेनियम केभ’ नामकरण गरिदिएका हुन्।

वास्तवमा फिरफिरे क्षेत्रमा सहस्राब्दी गुफा, पुरानो दरबारको भग्नावशेषलगायत धेरै कुरा छन्। यहाँ चौबीसे राज्यकालका ठकुरी वंशको दरबार, रानी कुवा, टुँडिखेल, कारागार, टक्सार, चौकीलगायत सम्पदाका भग्नावशेष छन्।

कसरी पुग्ने ?
काठमाडौं–दमौली हुँदै दुलेगौंडा १७६ कि.मि., बसमा ५ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा, २५ मिनेट। पोखरा–दुलेगौंडा २६ कि.मि.। दुलेगौंडाबाट २१ किमिमा मिलेनियम गुफा।

 

 

प्रकाशित : 21 July, 2021

प्रतिक्रिया दिनुहोस्