केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वमा एकै दिनमा पाँच लाख २८ हजार कोरोना संक्रमित, अमेरिका सबैभन्दा बढि प्रभावित

सहयात्रा टिभी

काठमाडौं । साउन १७, विश्वभर एकै दिन पाँच लाख २८ हजार कोरोना संक्रमित थपिएका छन्। जसमा अमेरिकामा सबैभन्दा धेरै ५० हजार थपिएका छन्।

त्यस्तैगरी भारतमा ४१ हजार ७९०, ब्राजिलमा ३७ हजार ५८२, रुसमा २३ हजार ८०७ र फ्रान्समा २३ हजार ४७१ जनामा संक्रमण पुष्टि भएको छ।

इन्डोनेशियामा ३७ हजार २८४, बेलायतमा २६ हजार १४४, टर्कीमा २२ हजार ३३२, इरानमा १९ हजार ८४६ र मेक्सिकोमा १९ हजार ३४६ संक्रमित थपिएको बताईएको छ।

विश्वमा एकै दिन ८ हजार ६०० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

विश्वभर अहिलेसम्म १९ करोड ८५ लाखभन्दा धेरै संक्रमित भइसकेका छन्। जसमध्ये १७ करोड ९२ लाख ५५ हजार संक्रमणमुक्त भएका छन्। कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार नाघेको छ। सक्रिय संक्रमितको संख्या एक करोड ५० लाख १३ हजार रहेका छन्।

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्