केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौँमा आज कहाँ कहाँ भेरोसेलको पहिलो मात्रा लगाईदैँछ?

सहयात्रा टिभी

काठमाडौं । साउन १७, काठमाडौं उपत्यकाका विभिन्न खोप केन्द्रमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि मात्र आजदेखि फेरि चिनिया खोप भेरोसेलको पहिलो डोज लगाउन थालिएको छ ।

प्रसूति गृह अस्पताल थापाथली, काठमाडौं मेडिकल कलेज सिनमंगल, निजामती कर्मचारी अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगन्ज, राधास्वामी आइसोलेसन सेन्टर सामखुसी, सशस्त्र प्रहरी अस्पताल बलम्बु गरी ६ स्थानमा अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुका लागि मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम यथावत रहेको पनि मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमिको संख्या बढ्न थालेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र वीर अस्पतालमा भने खोप अभियान रोकिएको छ।

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्