केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज शेयरमूल्य बढ्ने कम्पनीहरु यस्ता छन्

सहयात्रा टिभी

काठमाडौं । साउन १७, आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२६ अंकले बढेर तीन हजार ८१ दशमलब ७ विन्दुमा पुगेको छ ।

त्यस्तै आज १२ अर्ब १० करोड ३८ लाख बराबरको कारोबार भएको छ भने ९ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिनर्जी पावर डेभलपमेन्ट, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रो, युनिभर्सल पावर कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त वित्तिय संस्था रहेका छन् । यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै, ङादी ग्रुप पावर कम्पनी, सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

प्रकाशित : 1 August, 2021

प्रतिक्रिया दिनुहोस्