केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज बस्ने भनेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौं । साउन १८, नेकपा (माओवादी केन्द्र) को आज बस्ने भनेको स्थायी कमिटी बैठक स्थगित भएको छ।

उक्त बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्य व्यस्तताले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले बताए।

त्यस्तै आजको बैठकमा मन्त्री छनोटका विषयमा केन्द्रित हुने बताइएको थियो। गत असार २८ गते सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अझै मन्त्रिमण्डललाई पूर्णता दिन सकेका छैनन्।

देउवाले असार २९ गते कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए। यस्तै साउन १० गते कांग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन्।

 

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्