केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शरीरको तोल तीव्र गतिमा घटाउन बिहानै गर्नुपर्ने यी ७ काम

सहयात्रा टिभी

काठमाडौं । साउन १८, मोटोपनाले धेरै प्रकारका रोगहरुको शिकार बनाउँछ । तर, मानिसहरु सामान्यतयाः मोटोपनलाई समस्याको रुपमा लिने गर्दैनन् ।

जब मोटोपनाका कारण समस्या आउँन थाल्छ तब तौल घटाउन अनेकन् उपायहरु अपनाउन थाल्छन् । बिहानको समयमा गरिने कतिपय बानीले तौल घटाउन मद्दत गर्छ । ती कामहरु यस प्रकार रहेका छन् ।

उच्च प्रोटिनयुक्त नास्ता–बिहानको खाजामा उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुपर्छ । जसले गर्दा दिउँसोको खाना खाने समयसम्म भोक लाग्दैन । यसका लागि बिहानको नास्तामा अण्डा, दही, नट्स र चियाको सीड्स सामेल गर्नुपर्छ ।

धेरै पानी–बिहानको नास्ता गर्दा दुई गिलास पानी पनि पिउने गर्नुस् । पानीले शरीरमा शक्ति बढाउँछ । ६० मिनेटसम्म क्यालोरी पगाल्न मद्दतगार हुन्छ ।

तौल नाप्ने –हरेक बिहान तौल नाप्दा आफूलाई खानेकुरामा नियन्त्रण गर्न सकिन्छ । एक अध्ययनका अनुसार हरेक दिन तौल नाप्ने ४७ जनाको ६ महिनामा ६ किलो तौल कम भएको पाइएको छ ।

घाममा बस्ने –बिहान–बिहान थोरै समय घाममा बस्ने गर्नुपर्छ । सूर्यबाट आउने भिटामिन डिले स्वास्थ्यलाई निकै फाइदा पुर्याउँछ । भिटामिन डिले तौल घटाउनुका साथै बढ्न पनि रोक्छ ।

व्यायाम–बिहान उठेर व्यायाम गर्दा छिट्टै तौल घट्छ । बिहान व्यायाम गर्दा रगतमा चिनीको मात्रा पनि कम पाइन्छ ।

खानामा ध्यान दिने–समयभन्दा अगाडि नै खाना खाने नगर्नुस् । त्यसैगरी, आफूले के के खाँदै हुनुहुन्छ त्यसमा पनि ध्यान दिनुस् । एक रात अगाडि नै भोलिपल्टको खानामा के के खाने भन्ने कुरा तय गर्नुस् ।

साधनको प्रयोग–तौल घटाउन चाहानुहुन्छ भने सबैभन्दा सजिलो तरिका हिँड्ने, साइकलको प्रयोग गर्ने, सार्वजनिक यातायात प्रयोग गर्ने गर्नुपर्छ । कार प्रयोग गर्दा तीब्र गतिमा तौल बढ्छ ।

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्