केपी ओली प्रचण्ड माधव नेपाल एमाले


‘प्रेमनाथ’को ‘पन्चेबाजा घन्काउदै’ गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । साउन १८, कोरोनाको कारण रिलिज स्थगित भएको फिल्म ‘प्रेमनाथ’को गीत ‘पन्चेबाजा घन्काउदै’ सार्वजनिक भएको छ ।

त्यस्तै गणेश बेल्वासेको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राजेश पायल राइ र सुरुची पन्तको स्वर सुन्न सकिन्छ । डिजिटल प्लेटर्फमबाट रिलिज हुन लागेको फिल्म प्रेमकथामा बनेको हो ।

२५ सय बर्ष अगाडिको प्रेमकथा दाबी गरिएको सुरवीर पण्डित, गजित बिष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, गणेश बेल्वासे, मियुम जिरेल, शेखरजंग मल्ल, सम्झना भेटवाल, पूजा रिजाल, सिर्जना राईलगायतको अभिनय फिल्ममा छ ।

कपिलप्रसाद दवा कार्यकारी निर्माता रहेको फिल्ममा सह–निर्माताको रुपमा वसन्तराज भट्ट र मिलन राई रहेका छन् । ‘प्रेमनाथ’का द्वन्द्व निर्देशक भरत क्षेत्री हुन् ।

हेरौं फिल्मको गीतः

 

प्रकाशित : 2 August, 2021

प्रतिक्रिया दिनुहोस्