केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विश्वकै दोस्रो अग्लो बन्जी स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु

सहयात्रा टिभी

काठमाडौं । साउन १९, कुश्मा-बागलुङको बन्जी पुल कोरोनाका कारण पुनः बन्द भएको थियो । हाल स्वास्थ्य मापदण्ड अपनाएर पुनः शुरु गरिएको छ ।

विसं २०७७ कात्तिक १५ देखि सञ्चालनमा आएको बन्जी केही समयमै कोरोनाका कारण बन्द भएको थियो ।

झण्डै रु २० करोडको लगानीमा सञ्चालनमा आएको बन्जी निषेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको बन्जी र स्विङ सञ्चालन गर्ने द क्लिफ प्रालिले जनाएको छ ।

द क्लिफ प्रालिअन्तर्गत बन्जी, स्विङ, स्काई साइक्लिङ र बागलुङ नगरपलिका-१४ नारायणस्थानमा द क्लिफ रिसोर्टसमेत सञ्चालनमा छ । निषेधाज्ञामा स्काई चियर, प्रार्थना हात लगायतमा अन्य संरचना थपिएका छन् । उक्त संरचना बागलुङको बलेवामा छन् ।

कालीगण्डकीको खोँचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर बन्जी, स्विङ र स्काई साइक्लिङलगायत सहासिक खेल पर्यटकको प्रमुख आकर्षण बन्दै गए पनि कोरोनाका कारण पहिलो गाँसमै ढुङ्गा जस्तो भएको छ ।

 

 

 

 

 

प्रकाशित : 3 August, 2021

प्रतिक्रिया दिनुहोस्