केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाउँ र सहर जोड्ने ६ वटा कोरिडोर बन्दै

सहयात्रा टिभी

काठमाडौं । साउन २८, नेपाल सहरी विकास परियोजनाले ६ वटा सहरी कोरिडोरको पहिचान गरेको छ ।

पूर्वमा विराटनगर–धरान–दमक कोरिडोर, पश्चिम बुटवल–भैरहवा–लुम्बिनी कोरिडोर, प्रदेश नं. ३ मा हेटौडा कोरिडोर, पश्चिममा नेपालगन्ज–कोहलपुर–सुर्खेत कोरिडोर, त्यसै सुदूर पश्चिममा धनगढी–अत्तरिया–भिमदत्त कोरिडोर र मधेसमा धनुषा–बर्दिबास कोरिडोर सञ्चालन गर्ने तयारी रहेको सहरी विकास तथा भवन निमार्ण विभागका वरिष्ठ इन्जिनियर सुमन सालिकेले बताए ।

जसमा पूर्वको विराटनगर–धरान–दमक कोरिडोर, पश्चिम बुटवल–भैरहवा–लुम्बिनी कोरिडोर र प्रदेश नं. ३ मा हेटौडा कोरिडोरको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ ।

नेपालगन्ज–कोहलपुर–सुर्खेत कोरिडोर र धनगढी–अत्तरिया–भिमदत्त कोरिडोरको अध्ययनका लागि परामर्शदाता आह्वान गर्ने काम भएको छ । यी दुई कोरिडोरको चालु आर्थिक वर्ष भित्रै अध्ययनको काम सुरु हुने सालिकेले बताए । त्यस्तै, धनुषा–बर्दिबास कोरिडोरको चालु आर्थिक वर्षमा अध्ययनको काम सुरु गर्ने कोसिसमा रहेको बताईएको छ ।

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्