केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल क्रिकेट टिमका मुख्य प्रशिक्षक ह्वाटमोरको राजीनामा

सहयात्रा टिभी

काठमाडौँ । भदौ १२, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)लाई शुक्रबार इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् । ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् ।

ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई/दुई खेल खेल्ने तय भएको छ ।

ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्यानले खुला प्रतिस्पर्धाबाट उनलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गरेको क्यानले जनाएको छ ।

प्रकाशित : 28 August, 2021

प्रतिक्रिया दिनुहोस्