केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मैत्रीपूर्ण फुटबलमा नेपाल र भारत आज भिड्दै

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, नेपाल – भारतको मैत्रीपूर्ण फुटबल खेल आज दर्शकको उपस्थितिमा हुने भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको मापदण्डअनुसार ५ हजार १ सय दर्शकको उपस्थितिमा हुने अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए ।

साधारणतर्फ एक हजार र भीआईपीका लागि २ हजार टिकट तोकिएको एन्फाले जनाएको छ । फुटबल हेर्न भने कोरोना भाइरसबिरुद्धको खोप लगाएको कार्ड वा पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनु पर्ने अध्यक्ष शेर्पाले बताए ।

खेल काठमाडौँको दशरथ रंगशालामा साँझ साढे ५ बजे सञ्चालन हुनेछ । सन् १९८५ मा पहिलो पटक आमनेसामने भएका नेपाल र भारतले अहिलेसम्म १९ पटक प्रतिस्पर्धा गरेका छन् ।

जसमा नेपाल मात्र २ खेलमा विजयी भएको छ । १३ खेलमा भारतले बाजी मार्दा ४ खेल भने बराबरीमा सकिएको थियो ।

प्रकाशित : 2 September, 2021

प्रतिक्रिया दिनुहोस्