केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिस्टियानो रोनाल्डोको नाममा सर्वाधिक गोलकर्ताको विश्वकीर्तिमान

सहयात्रा टिभी

काठमाडौँ । भदौ १७, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १ सय ११ औँ गोल गर्दै विश्व कीर्तिमान कायम गरेका छन् ।

विश्वकप छनोटमा बिहीबार भएको रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय पुरुष फुटबलको सर्वाधिक गोलको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डो प्रेरित पोर्चुगलले नाटकीय खेलमा आयरल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।

३६ वर्षिया फरवार्डले अन्तिम समयमा हेडमार्फत दुई गोल गरेका थिए । उनले कीर्तिमान भंग गर्ने र सो कीर्तिमानलाई अघि बढाउने काम गरेका छन् । इरानी स्ट्राइकर अली दाईको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताको कीर्तिमानलाई रोनाल्डोले तोडेका हुन् ।

अली दाइले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १ सय ९ गोल गरेका थिए । रोनाल्डोले युरो २०२० मा सो कीर्तिमानलाई बराबरी गरेका थिए ।

म्यान्चेष्टर युनाईटेडका फरवार्ड रोनाल्डोले सर्जियो रामोसको युरोपियन प्रतियोगितामा सर्वाधिक १ सय ८० क्यापको कीर्तिमानी समेत बराबरी गरेका छन् । रोनाल्डो यसै सिजन प्रिमियर लिग क्लब युनाईटेड फर्किएका छन् ।

उनी खेलाडी सरुवा बजारको अन्तिम दिन युभेन्ट्सबाट युनाईटेड आएका हुन् । रियल मड्रिडका पूर्व फरवार्ड रोनाल्डोले युरोपियन च्याम्पियनसिप ईतिहासमा सर्वाधिक १४ र युरो र विश्वकपमा सर्वाधिक २१ गोल गरेका छन् ।

प्रकाशित : 2 September, 2021

प्रतिक्रिया दिनुहोस्