केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो मैत्रीपूर्ण फुटबलमा आज नेपाल र भारत भिड्दै

सहयात्रा टिभी

काठमाडौँ । भदौँ २०, नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने छ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म आयोजना हुने तालिका रहेको छ । नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । पहिलो खेल बराबरीमा सकिएकाले दोस्रो खेलमा दुबै टिम जित निकाल्ने योजनामा छन् ।

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ भारतविरुद्धको दोस्रो खेल खेलेर नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर बन्नेछन् । ३४ वर्षीय चेम्जोङ अहिले ७३ अन्तर्राष्ट्रिय खेल खेलेर पूर्वकप्तान विराज महर्जनसँग संयुक्त रुपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा हुनेछन् ।

नेपालको यस खेल भारतसँगको २१ औं खेल हुनेछ । तर, भारतविरुद्धको हेड टु हेडमा समेत नेपाल निकै पछि रहेको छ । हालसम्म भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।

प्रकाशित : 5 September, 2021

प्रतिक्रिया दिनुहोस्