केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरू भएको पाँच मिनेटमै रद्द, चार खेलाडीले गरे नियम उल्लंघन

सहयात्रा टिभी

काठमाडौँ । भदौ २१, विश्वकप फुटबल छनोट अन्तर्गत ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्द गरिएको छ ।

ब्राजिलमा आइतबार राति खेल शुरु भएको ५ मिनेटमै ब्राजेलियन स्वास्थ्य अधिकारीहरुले अर्जेन्टिनाका चार खेलाडीले क्वारेन्टिनको नियम उल्लंघन गरेको भन्दै मैदानमै पुगेर आपत्ति जनाएपछि खेल रोकिएको हो ।

इंग्लिश प्रिमियर लिगमा आवद्ध अर्जेन्टिनाका चार खेलाडीहरु अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने थियो । तर उनीहरु क्वारेन्टिनमा नबसी चारमध्ये तीन खेलाडी अर्जेन्टिनाको शुरुवाती ११ मा मैदान प्रवेश गरेपछि ब्राजिलले आपत्ति जनाएको हो ।

क्वारेन्टिन नबस्ने अर्जेन्टानाका खेलाडीहरुमा टोटनह्याम हट्सपरका जियोभानी लो सेल्सो र क्रिश्चियन रोमेरो तथा एस्टन भिल्लाका इमिलियानो मार्टिनेज र इमिलियानो बुन्डिया रहेका छन् । रोकिएको खेल अब कहिले हुन्छ भन्ने सार्वजनिक गरिएको छैन ।

विश्वकप छनोटअन्तर्गत लेटिन अमेरिकी समुहको अर्को खेलमा उरुग्वेले बोलिभियालाई ४–१ ले हराउँदा पाराग्वे र कोलम्बियाले १–१ गोलको तथा इक्वेडर र चिलीले गोलरहित बराबरी खेलेका छन् ।

प्रकाशित : 6 September, 2021

प्रतिक्रिया दिनुहोस्