केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिनिधिसभा बैठक आज, बजेट प्रतिस्थापन विधेयक पेश गर्ने तयारी

सहयात्रा टिभी

काठमाडौँ । भदौ २५, प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची छ ।

सरकारले आजको संसद बैठकमा बजेट प्रतिस्थापन विधेयक पेश गर्ने तयारी गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध नभए केही नयाँ कार्यक्रमसहित संसदमा बजेट प्रतिस्थापन विधेयक पेस गरिने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । गत बुधबार शुरु भएको संसद बैठकमा एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका थिए ।

आगामी बैठकमा पनि एमालेको अवरोध कायम नै रहन सक्ने भएकाले प्रतिस्थापन विधेयक पेश गर्न ढिलाइ हुन सक्ने सम्भावना पनि रहेको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार विधेयकमार्फत सरकारले आर्थिक पुनरुत्थानका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरेको छ ।

नवौं अधिवेशन शुरु भएको दिन बुधबार बसेको पहिलो, दोस्रो र तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी एमालेका सांसदले नाराबाजी गरेका थिए । नाराबाजीका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएको थियो ।

प्रकाशित : 10 September, 2021

प्रतिक्रिया दिनुहोस्