केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेल

सहयात्रा टिभी

काठमाडौं । भदौ २७, नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज आइतबार अपरान्ह ५ बजे बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।
नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् । बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् ।

त्यस्तैगरी एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ। उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग खेल्दै छनोटको सुरुवात गर्नेछ। नेपाल र फिलिपिन्सबीचको खेल सेप्टेम्बर १८ (असोज २) मा हुने भएको छ।

यस्तै नेपालले दोस्रो खेलमा हङकङको सामना गर्नेछ। उक्त खेल सेप्टेम्बर २१ (असोज ५) मा हुनेछ। यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ (असोज ८) मा हुनेछ।

प्रकाशित : 12 September, 2021

प्रतिक्रिया दिनुहोस्