केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुलुक बजेट सून्यको अवस्थामा

सहयात्रा टिभी

काठमाडौँ । भदौ ३०, प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसक्दा आज मध्यरातदेखि सरकारी खर्च प्रभावित हुने भएको छ ।

बजेट अध्यादेश संसद् चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान भएपनि सो समयावधी भित्र नभएपछि सरकारले केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको हो ।

आजमध्यरातपछि सरकारी खर्चको बाटो बन्द हुनेछ भने सरकारले कर राजस्व मात्र उठाउन पाउनेछ । सरकारले संसदमा बजेटसम्बन्धी विधेयकमाथि छलफल शुरु गरेपनि एमाले सांसदको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आगामी असोज ४ गतेसम्मका लागि स्थगित भएको छ ।

अर्थका जानकारहरुले सरकारले बजेटबारे कुनै निर्णय गर्न नसक्दा सार्वजनिक निकाय बन्द गर्नुपर्ने अवस्था आएको र ‘बजेट होलिडे’ तर्फ मुलुक गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सरकारी ढुकुटीबाट खर्च गर्न रोकिने यो अवस्थालाई ‘बजेट होलिड’ भनिन्छ । संघीय सरकारको इतिहासमा पहिलो पटक बजेट होलिडेको अवस्था आएको हो ।

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्