केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आज बुटवलबाट ओलीको सम्बोधन

सहयात्रा टिभी

बुटवल । भदौ ३०, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो हुने एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने सिलसिलामा बुटवल प्रस्थान गर्दैछन् ।

फाइल तस्वीर

त्यस्तै बुटवल देवीनगर एन्फा मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने एमाले रुपन्देही प्रचार विभाग प्रमुख मोहन चापागाईँले जनाए ।

उक्त भेलालाई पार्टी अध्यक्ष ओलीसहित उप–महासचिवद्वय विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी लगायतले सम्बोधन गर्नेछन् ।

 

प्रकाशित : 15 September, 2021

प्रतिक्रिया दिनुहोस्