केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आमा र छोरा संगै कक्षा १२ को परिक्षामा

सहयात्रा टिभी

दैलेख। भदौ, ३१ बुधबारदेखि देशभर सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा आमा छोरा संगै परिक्षा दिने भएका छन । परिक्षमा आमा र छोरा एकै साथ सहभागी भएका छन् ।

साथै शिक्षाले बुढो भन्दैन भन्ने कुरामा सहमत छु भन्ने टीकाकुमारी को भनाई छ । कोरोना भाइरसको महामारीका कारण गत वैशाखमा रोकिएकामा राष्ट्रिय परीक्षा बोर्डले तालिका सार्वजनिक गरेकाले दुबैलाई परीक्षामा सामेल हुन अवसर जुटेको हो ।

जिल्लाको नारायण नगरपालिका–११ बिन्ध्याबासिनीस्थित रैनादेवी माध्यमिक विद्यालयबाट परीक्षाको पहिलो दिन छत्तीस वर्षीया टीकाकुमारी भण्डारी र १८ वर्षीय उनका छोरा दिनेशले परीक्षा दिएका विद्यालयका शिक्षक प्रेमबहादुर विष्टले आज राससलाई जानकारी दिनुभयो ।

टीकाकुमारीले भन्नुभयो, “बुधबारदेखि परीक्षा सुरु भएपछि पढाइको चटारो भएको छ, जसरी पनि परीक्षामा राम्रो नतिजा ल्याएर कक्षा १२ पास हुने धोको छ । पुस्तासँगै पुरानो पुस्ताले परीक्षा दिँदा यहाँ पढाइको महत्वबारे चर्चा भएकोे छ ।

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्