केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शेयर बजारमा उच्च अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, अन्तिम दिन आज (बिहिबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको उच्च अंकले घटेको छ ।

त्यस्तै आज नेप्से ७६.६५ अंकले घटेर दुई हजार ८ सय १२ दशमलब ३९ विन्दुमा पुगेको हो भने आज ९ अर्ब ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था रहेको छ । यस कम्पनीको शेयरमुल्य आज १० प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८.७७ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्