केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओलीद्धारा एमालेको शक्ति कम नभएको दाबी

सहयात्रा टिभी

काठमाडौं । भदौ ३१, नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको हो तर शक्ति कम नभएको दाबी गरेका छन् ।

‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो, तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठ्यो । र, पार्टी भत्काउन दिँदैनौँ । मास्न दिँदैनौँ भनेर रक्षामा उभियो । र, आज पार्टी ज्युँकात्युँ जस्ताको त्यस्तै खडा हुन सफल भयो,’ नेकपा एमाले काठमाडौंले गरेको कार्यक्रममा बिहीबार ओलीले भने, ‘नेकपा एमालेको भूमिका परिवर्तन भयो तर शक्ति परिवर्तन भएको छैन । हाम्रो उद्देश्य परिवर्तन भएको छैन ।

अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गरे । उनले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताए ।

 

प्रकाशित : 16 September, 2021

प्रतिक्रिया दिनुहोस्