केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजदेखि सुपथ मूल्य पसल सञ्चालन

सहयात्रा टिभी

काठमाडौँ । असोज १, चाडपर्वलाई लक्षित गरेर आजदेखि काठमाडौ उपत्यकासँगै बाहिरी जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरिएको छ ।

चाडपर्वमा उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलव्ध गराउनका लागि सुपथ पसल सञ्चालन गरिएको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यावस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान( डिडिसी) ले आफ्ना उत्पादन सुपथ मुल्यमा बिक्री गर्ने छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले कार्यालयको बिक्री केन्द्र रहेका स्थानमा सुपथ मुल्यका पसल आजदेखि सञ्चालनमा ल्याइएको जानकारी दिए ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तुको खपत बढी हुने हुँदा उपभोक्तालाई राहत दिनका लागि सरकारले प्रत्येक वर्ष सुपथ पसल सञ्चालन गर्दै आएको छ । सुपथ पसलमार्फत चिनी र चामलमा प्रति केजी पाँच रुपैयाँ, नुनमा प्रति केजी २ रुपैँया, गेडागुडीमा प्रति केजी १० रुपैँया छुट दिइने छ ।

डीडीसीले घ्यूउमा ५० रुपैँया छुट दिने भएको छ । बजारमा बट्टाको घ्यूउ प्रतिकेजी १ हजार ५० र पोलिथिनको घ्यूउ १ हजार रुपैँया रहेको छ । उपभोक्तालाई राहत दिनका लागि डीडीसीले प्रति केजीमा ५० रुपैँया छुट दिएको छ । यस्तै पनिर किलोमा २० रुपैँया छुट दिने भएको छ ।

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्