केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । असोज ०१, नेपाली बजारमा आज बढिरहेको सुनको मुल्यमा एक्कासी गिरावट आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ हजार ४सय रुपैयाँले घटेको छ।  हिजो ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको थियो । तोलामा १४ सय रुपैयाँ घटेपछि आज बजारमा सूनको मूल्य ८९ हजार एक सय रुपैयाँ पुगेको छ ।

त्यस्तै गरी आज तेजावी सुनको कारोबार मूल्य ८८ हजार ६५० रुपैयाँमा झरेको छ । बिहीबार ९० हजार रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बिहीबार १२ सय रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ आज ११ सय ७० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्