केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नबिल बैंकले ल्यायो आकर्षक दसैं अफर

सहयात्रा टिभी

काठमाडौं । असोज ०१, नबिल बैंकले यस वर्ष दसैं अफरको घोषणा गरेको छ ।

नेपालीहरुको महान चाड बडादसैंको अवसरमा नबिल बैंकले आश्विन १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना सुरू गरेको छ ।

उक्त योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई वार्षिक ९.२६% व्याजदर (०.५% प्रिमियमथप सहित) प्रदान गरिनेछ । नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खातामा उच्च व्याज दर आर्जन प्रदान गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

 

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्