केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अस्पतालमा पार्किङ नहुँदा सडक जाम र दुर्घटना बढ्दो

सहयात्रा टिभी

चितवन । असोज ०१, संघीय सरकार मातहतको भरतपुर अस्पतालसँग ३१ विघा जमिन अन्य संघसंस्थालाई भाडामा दिएर पनि अस्पतालसँग अहिले १२ विघा जमिन बाँकी रहेको छ ।

अस्पतालसँग व्यवस्थित पार्किङको सुविधा नभएका कारण सडकभरी अस्पताल आएका बिरामी, कुरुवा र भेट्नेहरूको सवारी लाइन लाग्छन् । उक्त अस्पतालमा बिरामीलाई जँचाउन भन्दा पनि पार्किङ गर्ने ठाउँ खोज्दा–खोज्दै आफन्त र चालक हैरान हुन्छन् ।

त्यस्तै एम्बुलेन्सलाई २ नम्बर गेटको बाँयातर्फ पार्किङको व्यवस्था गरेको छ । केही समय मोटरसाइकल र अटोलाई सोही गेटबाट सजिलै प्रवेश गर्न दिइएको थियो । तर, व्यवस्थित नहुँदा परिसर नै कुरुप देखिएपछि पुनः पार्किङमा रोक लगाइयो ।

अस्पतालमा ७ सय ५० कर्मचारी र स्वास्थ्यकर्मी रहेका छन् । उनीहरूको सवारी पार्किङले अस्पतालको सौन्दर्यमा कमी ल्याउनुको साथै बिरामी ल्याएर ट्याक्सी र अटोका चालक समस्यामा परेका छन् ।

 

 

प्रकाशित : 17 September, 2021

प्रतिक्रिया दिनुहोस्