केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सातौँ संविधान दिवस मनाइँदै

सहयात्रा टिभी

काठमाडौँ । असोज २, सातौँ संविधान दिवस आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।

२०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । सोही दिनलाई राष्ट्रिय पर्वका रुपमा मानेर हरेक वर्ष संविधान दिवस तीन दिनसम्म देशभर हर्षेल्लासपूर्वक मनाउने गरिन्छ ।

संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा सातौँ संविधान मूल समारोह आयोजक समितिगठन भएको छ । तीन दिनसम्म देशभरी र विदेशस्थित नेपाली कूटनीतिक नियोग तथा निकायमा विभिन्न कार्यक्रमका साथ मनाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नेपालभित्र र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुमा दीपावली गरेर हर्षोल्लासपूर्वक दिवस मनाइने छ ।

संविधान दिवस मनाउने प्रयोजनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव सवं संविधान दिवस प्रचारप्रसार समितिका संयोजक डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा गत बुधवार बसेको बैठकले नेपालको संविधानका विषयमा केन्द्रित रही विषेश संवाद,पसिंवादलगायतका जनचेतनामूलक कार्यक्रमको प्रकाशन र प्रशारण गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

संविधान दिवसका दिन भोलि नेपालको राष्ट्रिय झण्डा आ–आफ्ना घरमा सम्मानका साथ घरमा राख्न आग्रह गरिएको छ ।

प्रकाशित : 18 September, 2021

प्रतिक्रिया दिनुहोस्