केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफलः सम्पूर्ण नेपालीहरुमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

सहयात्रा टिभी
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥

काठमाडौं । असोज २९,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवन सुखमय रहनेछ । परिवारमा समय दिन सकिने हुँदा दिन रमाइलोका साथ वित्नेछ । सन्तानबाट सुख पाइनेछ । अध्ययनमा मन नजाला । प्रेम सम्बन्ध मजबुत बन्दै जानेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा प्रगति हुनेछ । आम्दानिमा वृद्धि हुनुको साथै साचेको काम पुरा हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त होला । पारिवारिक असमझदारीले मनमा खिन्नता ल्याएपनि साँझसम्मा समस्या समाधान हुनेछ ।मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
भौतिक साधनको कमिले काममा बाधा उत्पन्न हुन सक्छ । आफन्तहरुबाटा टाढिनु पर्दा मनमा खिन्नता उत्पन्न होला । शुभचिन्तकहरुबाट भने साथ र सहयोग पाइनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपहार प्राप्त गर्न सक्ने सम्भावना प्रवल छ । आम्दानिमा वृद्धि हुनेछ । धन लाभ हुने काममा सहभागी भइएला । नयाँ साथी बनाउनुको साथै नयाँ सम्बन्ध गाँसिने सम्भावना छ । अध्ययनमा राम्रो नतिजा हात पर्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सोचेको काम पुरा गर्न कठिन हुनेछ । भौतिक साधनहरुको कमिले अफ्ट्यारो पर्न सक्छ । मिष्ठान्न भोजनको योग छ । यात्रा गर्दा ध्यान दिनुहोला, चोटपटक लाग्न सक्ने सम्भावना छ । प्रेमीप्रेमीकाबाट सहयोग पाइनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तबाट टाढा जानुपर्ने अवस्था आउन सक्छ । लामो यात्रा गर्ने अवसर मिल्नेछ । सामाजिक काममा समय बढि दिनु पर्ला । फजुल खर्चमा वृद्धि भए पनि आफ्ना आवश्यकताहरु पुरा गर्न सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
समय केहि प्रतिकुल रहला । स्वास्थ्यमा समस्या देखिन सक्नेछ । अध्ययनमा समय दिन नसके पनि नतिजा भने सकारात्मक नै देखिनेछ । शिर्जनात्मक काममा सहभागी हुने अवसर जुट्ला । प्रेम प्रस्ताव आउने सम्भावना प्रवल छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साझेदारीको कामबाट राम्रो फाइदा हुनेछ । कामबाट मन सन्तुष्ट हुनुको साथै परिवारमा समेत खुसी साँट्न पाइनेछ । सन्तानको प्रगतिमा सामेल भइएला । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय अनुकुल रहनेछ । भौतिक साधन जुट्नाले काममा सहजता आउनेछ । यात्रा गर्ने अवसर जुट्नुको साथै धार्मिक काममा मन जानेछ । नयाँ साथी बनाउन सकिनेछ । महिला साथीबाट सहयोग पाइएला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
परिस्थितिलाई आफु अनुकुल बनाउन सकिनेछ । अध्ययनमा राम्रो नतिजा देखिनेछ । प्रतिष्ठित काममा संलग्न भइएला । आम्दानिमा वृद्धि हुनेछ । दाजुभाईबाट सहयोग पाइनेछ । प्रेमसम्बन्धमा असमझदारी उत्पन्न होला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्यमा केहि समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । मिष्ठान्न भोजनको योग भएपनि स्वास्थ्यले साथ नदिँदा त्याग्नु पर्ने हुनसक्छ । नाम, र दामका साथै प्रतिष्ठामा वृद्धि हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मेहनेतले अफ्ट्यारा कामहरु पनि सजिलै पुरा गर्न सकिनेछ । मनले चाहेको व्यक्तिसँग नजिक हुन सकिनेछ । प्रेम प्रस्तावबाट सकारात्मक नतिजा आउला । दिन मनोरञ्जनात्मक तरिकाले वित्नेछ ।

प्रकाशित : 15 October, 2021

प्रतिक्रिया दिनुहोस्