केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

सहयात्रा टिभी

पाल्पा । कार्तिक २, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक युवक पक्राउ परेका छन् । तानसेन नगरपालिका(११ बस्ने २० वर्षीय प्रेम सुनारलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका(४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 19 October, 2021

प्रतिक्रिया दिनुहोस्