केपी ओली प्रचण्ड माधव नेपाल एमाले


5G प्रयोगकर्ताहरुको संख्या ४५ करोड पुग्यो

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ३, चीनमा फाइभजी प्रयोगकर्ताहरुको संख्या ४५ करोड पुगेको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

हाल, यी प्रयोगकर्ताहरुले लगभग ११ लाख ६० हजार 5जी बेस स्टेशनहरु मार्फत नेटवर्क कभरेजको आनन्द लिने गरेको मन्त्रालयका प्रवक्ता लुओ जुन्जीले मंगलबार एक पत्रकार सम्मेलनमा बताएको शिन्ह्वाले उल्लेख गरेको छ।

लुओकाअनुसार देशको दूरसञ्चार क्षेत्रको विकास संगै गीगाबिट अप्टिकल नेटवर्कले अब २० करोड घरधुरीहरुलाई कभर गर्न सक्नेछ।

रिपोर्टकाअनुसार यस वर्षको पहिलो नौ महिनामा दूरसञ्चार क्षेत्रको व्यापार भोल्युम एक बर्ष अघिको तुलनामा २८ प्रतिशतले बढेको छ भने व्यापार राजस्व ८.४ प्रतिशतले बढेको छ।

जुलाईमा जारी एक उद्योग विकास दिशानिर्देशअनुसार, चीनमा फाइभजी प्रयोगकर्ताहरु को संख्या सन् २०२३ सम्म ५६ करोड भन्दा बढि हुने अनुमान गरिएको छ ।

प्रकाशित : 20 October, 2021

प्रतिक्रिया दिनुहोस्