केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओमानलाई हराउदैँ स्कटल्याण्ड समूह सुपर १२ मा

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ५, एसोसिएट राष्ट्र स्कटल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

बिहीबार राति भएको पहिलो चरणको समूह ‘बी’ को खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड समूह विजेता बनेको हो ।

तयस्तै स्कटल्याण्ड पहिलो पटक टी–२० विश्वकपको सुपर १२ मा पुगेको हो । पहिलो खेलमै टेष्ट राष्ट्र बंगलादेशलाई पराजित गरेको स्कटल्याण्डले त्यसपछि पपुवा न्युगिनीलाई पराजित गरेको थियो ।

दुई खेल जितेको बंगलादेश समूह उपविजेता बन्दै सुपर १२ मा पुग्यो । २ अंक मात्र जोडेको ओमान भने समूह चरणबाटै बाहिरियो ।

सुपर १२ मा स्कटल्याण्ड ग्रुप २ मा परेको छ । यस समूहमा भारत, पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् ।

उता बंगलादेश भने ग्रुप १ मा परेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै ओमानले दिएको १२३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

स्कटल्याण्डको जितमा कप्तान कायल कोयट्जरले ४१ रन बनाए । रिची बेरिङटनले अविजित ३७ रन बनाउँदा म्याथ्यु क्रसले अविजित २६ रन जोडे । जर्ज मुन्सेले २० रन बनाए ।

 

प्रकाशित : 22 October, 2021

प्रतिक्रिया दिनुहोस्