केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमसीसी नेपालको कानून भन्दा माथि छैनः शेरबाहदुर देउवा

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ५ ,  देउवाले एमसीसी नेपालको कानून भन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको भन्दै संसदबाट पारित गर्ने बताए ।

बाढी पहिरोबाट भएको क्षतिको निरीक्षण गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेका देउवाले आज बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलमा एमसीसी अनुदानमा आधारित परियोजना भएको बताउँदै नेपालकै कानून मातहत हुने दाबी गर ‘एमसीसीको बारेमा झूठा प्रचार गरिएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुन्छ त भन्ने पत्रकारको जिज्ञासामा देउवाले त्यसको सबै जिम्मेवारी निर्वाचन समितिलाई दिइएको बताए ।
हाम्रो पार्टीभित्र निर्वाचन बिहीबार सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत निरीक्षण गरेर फर्किएका देउवा शुक्रबार कैलालीको टीकापुर जाँदैछन् । त्यहाँ बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेर शुक्रबार नै उनी काठमाडौं फर्किने कार्यसूची छ । पत्रकार सम्मेलनमा देउवाले काठमाडौं फर्किएपछि बाढीपहिरो पीडितका लागि राहत प्याकेज घोषणा गर्ने बताए ।

 

प्रकाशित : 22 October, 2021

प्रतिक्रिया दिनुहोस्