केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फाइजर भ्याक्सिनको बुस्टर डोज कोरोनामाथि ९५ प्रतिशत प्रभावकारी

सहयात्रा टिभी

काठमाडौं । कार्तिक ५ , अमेरिकी कम्पनी फाइजर–बायोएनटेकको कोरोनो भ्याक्सिनको बुस्टर डोजले संक्रमणबाट ९४ प्रतिशत सुरक्षा प्रदान गर्दछ ।

कम्पनीले १६ वर्ष माथिका १० हजार व्यक्तिमाथि ११ महिनासम्म गरिएको ट्रायलको जानकारी बिहिबार जारी गरेको छ ।
यसमा पत्ता लागेअनुसार फाइजर भ्याक्सिनको दोस्रो डोज लिएपछि ८४ प्रतिशतसम्मको र तेस्रो ९बुस्टर० डोज लिएपछि संक्रमणबाट ९५।६ प्रतिशतसम्म बचाउन सकिन्छ ।

फाइजर बायोएनटेकका अनुसार जब डेल्टा भेरियन्ट संसारमा तीब्र रुपमा फैलिरहेको थियो, त्यतिबेला मानिसहरुमाथि ट्रायल गरिएको थियो । कम्पनीका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोर्लाले ट्रायलको नतिजामार्फत् बुस्टर डोज लिएपछि संक्रमणबाट राम्रो तरिकाले सुरक्षित हुन सकिने पत्ता लागेको बताएका छन् ।

प्रकाशित : 22 October, 2021

प्रतिक्रिया दिनुहोस्